आईफोन १३ प्रो र १३ प्रो मिक्समा १२० हर्ज रिफ्रेश रेट सहितको सामसङको एमोलेड डिस्प्ले रहने

  • Technology Khabar | २१ बैशाख २०७८, मंगलवार
आईफोन १३ प्रो र १३ प्रो मिक्समा १२० हर्ज रिफ्रेश रेट सहितको सामसङको एमोलेड डिस्प्ले रहने

काठमाडौं ।

आईफोनको डिस्प्ले अब १२० हर्ज रिफ्रेश रेटमा जाने पक्का भएको छ।

कोरियाबाट आएको एक जानकारी अनुसार एप्पलले आफ्नो आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा सामसङ कम्पनीद्वारा उपलब्ध गराइएको १२० हर्ज रिफ्रेश रेटसहितको एमोलेड डिस्प्ले प्रयोग गर्ने भएको छ।

सामसङ डिस्प्लेद्वारा निर्मित १२० हर्ज रिफ्रेश रेट भएको एलटीपीओ एमोलेड स्क्रीन तत्कालका लागि एप्पलका आईफोन १३ प्रो सिरिजमा मात्र उपलब्ध हुने बुझिएको छ।

सामसङले एप्पललाई यो डिस्प्लेबाहेक आरएफपीसीबी बोर्ड पनि उपलब्ध गराउनेछ। यी बोर्डहरु ओएलईडी प्यानलहरुलाई मुख्य बोर्डसँग जोड्न प्रयोग गरिन्छ।

यी बोर्डहरु कडा हुन्छन् तर मोडिन्छन्। सामसङ इलेक्ट्रो मेकानिक्सले गत वर्ष आरएफपीसी बोर्डबाट खासै नाफा नभएपछि व्यवसाय नै बन्दा गर्ने सोचमा पुगेको थियो। कम्पनीले अन्तिमपटक यस्तो बोर्ड आईफोन १२ का लागि आपूर्ति गरेको थियो। यसैले व्यवसाय नै बन्द गरे पनि त्यो आईफोन १३ सिरिजपछि हुनेछ।

सामसङ डिस्लेले आईफोनका लागि यो वर्ष यस्ता प्यानल १ करोड १० लाख थान, एलजीले ५ करोड तथा बीओईले ९० लाख थान उपलब्ध गराउने बुझिएको छ।

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...