४ अर्ब डलरमा ‘बूमि’ प्लेटफर्म बेच्दै डेल टेक्नोलोजिज

  • Technology Khabar | २० बैशाख २०७८, सोमबार
४ अर्ब डलरमा ‘बूमि’ प्लेटफर्म बेच्दै डेल टेक्नोलोजिज

काठमाडौं ।

डेल टेक्नोलोजिजले आफ्नो क्लाउड इन्टिग्रेशन सेवा प्रदायक बूमि फ्रान्सिस्को पार्टनर्स तथा टीपीजी क्यापिटललाई ४ अर्ब डलरमा बिक्री गर्न लागेको बताएको छ।

आईपास नामको क्लाउड इन्टिग्रेशन सेवामा केन्द्रित बूमिका लगभग १५ हजार संस्थापक उपभोक्ताहरु रहेका छन्।

डेलले सन् २०१० मा बूमिलाई आफ्नो सफटवयर रोस्टर बनाउने उद्देश्यले किनेको थियो।

आईपास नामको क्लाउड इन्टिग्रेशन सेवामा केन्द्रित बूमिका लगभग १५ हजार संस्थापक उपभोक्ताहरु रहेका छन्।

डेलले केही हप्ताअघि आफूले सबै भीएमवयरहरुलाई पाखा लगाएर विशुद्ध स्वतन्त्र कम्पनीका रुपमा रहने घोषणा गरेको थियो। उक्त घोषणाको केही हप्तापछि नै बूमि बिक्री गर्ने निर्णय आएको हो।

डेलका सीओओ जेफ क्लार्कले बूमिको बिक्री दुवै कम्पनीका लागि फाइदाजनक रहने बताएका छन्। डेल टेक्नोलोजिजले आफू हाइब्रिड क्लाउड, एज कम्प्युटिङ, दूरसञ्चार तथा एपेक्स हार्डवयरमा केन्द्रित भइ आफ्नो मुख्य पूर्वाधार र पर्सनल कम्प्युटरको व्यवसायलाई अगाडि बढाउने बताएको छ।

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार