
काठमाडौं ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले आफ्ना सदस्यहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सुरक्षित रहेर सेवा प्रदान गर्न आग्रह गरेको छ ।
एसाेसिएशनले सोमबार एक बिज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
त्यसैगरि डिजिटल बैंकिङबाट बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र आवश्यक जानकारी सञ्चारमाध्यमबाट प्रवाह गराउन एशोसिएसनले जोड दिएको छ।
‘डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यासहरु उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने,’ एसोसिएसनले भनेको छ।
एशोसिएसनले डिजिटल बैंकिङ् प्रयोग नगरेका ग्राहकहरुलाई यसको प्रयोग गर्न पनि अपिल गरेको छ।
यसका साथै एशोसिएसनले डिजिटल बैंकिङ् प्रडक्टहरुबाट गरिने बैंकिङ् कारोवारका प्रकृयाहरु र अपनाउनु पर्ने साबधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउन समेत सबै सदस्य बैंकहरुलाई आग्रह गरेकोछ ।
प्रकाशित: २० बैशाख २०७८, सोमबार