गुगलको आई/ओ डेभलपर कन्फ्रेन्स २०२१ मे १८ मा हुने

  • Technology Khabar | २० बैशाख २०७८, सोमबार
गुगलको आई/ओ डेभलपर कन्फ्रेन्स २०२१ मे १८ मा हुने

काठमाडौं ।

आई/ओ २०२१ नजिकिँदै गर्दा गुगलले कार्यक्रम तथा अन्य इभेन्टको तालिका सार्वजनिक गरेको छ।

अर्को महिना ३ दिनसम्म लगातार चल्ने डेभलपर कन्फ्रेन्स कम्पनीका सीईओ सुन्दर पिचाइको आई/ओ कीनोटबाट शुरु हुनेछ।

मे १८ मंगलबारका दिन बिहान १० बजे शुरु हुने कार्यक्रममा कम्पनीले एन्ड्रोइड १२ को नयाँ डिजाइन तथा अन्य मुख्य उत्पादनहरुको घोषणा गर्ने बुझिएको छ। नयाँ उत्पादनहरु गुगल असिस्टेन्टसँग सम्बन्धित हुने आकलन गरिएको छ।

नयाँ र गोप्य उत्पादनह समाविष्ट हुने हुनाले आई/ओ को पूर्ण तालिका उपलब्ध गराइँदैन तर समग्रमा कार्यक्रममा यस प्रकारकाउत्पादन तथा सेवाहरुको बारेमा जानकारी दिइनेछ:

एक्सेसिबिलिटी, विज्ञापन एन्ड्रोइड अग्मेन्टेड रियालिटी क्रोम अपरेटिङ सिस्टम क्लाउड डिजाइन फायरबेस फ्लट्टर गेमिङ गुगल असिस्टेन्ट गुगल प्ले ग्रोथ आईओएस आईओटी/स्मार्ट होम लोकेशन/म्याप एमएल/एआई मोबाइल ओपन सोर्स पेमेन्ट सर्च र वेब आदि।

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार