काठमाडौं ।
चीनमा मजदूर दिवसको बिदाका अवसरमा शाओमीले ६० ओटा मिक्स फोल्ड स्मार्टफोन नि:शुल्क बाँड्ने भएको छ।
कम्पनीका अनुसार मे १ देखि ५ तारिखसम्म प्रत्येक दिन १२ ओटा शाओमी एमआई मिक्स फोल्ड फोन बाँडिनेछ। यसमा भाग लिनका लागि ग्राहकले शाओमी होम अफलाइन स्टोरमा गएर त्यहाँ रहेको क्यूआर कोड स्क्यान गर्नुपर्छ।
यो फिचर बिहान १० देखि बेलुका १० बजेसम्म १२ घण्टा चल्ने र प्रत्येक घण्टा एक जनाले शाओमी एमआई मिक्स फोल्ड फोन प्राप्त गर्ने जनाइएको छ।
चीनबाहिरका व्यक्तिले यसमा भाग लिन पाउने छैनन्।
रेडमीका महाप्रबन्धक लु वेबिङका अनुसार शाओमी यस इभेन्टमार्फत आफ्नो नयाँ लोगोप्रति ग्राहकहरुको ध्यान आकृष्ट गर्न चाहन्छ।
मे दिवसको बिदाका बेला चीनमा रहेका शाओमी होमहरुले पनि यो लोगोको विज्ञापन गर्ने भएका छन्। उनका अनुसार यो इभेन्टमा जित्नका लागि नयाँ लोगो शेयर पनि गर्नुपर्नेछ। ग्राहकहरुले फिजिकल स्टोरमा गएर क्यूआर कोड स्क्यान गरेपछि बाँकी प्रक्रिया थाहा पाइनेछ।
प्रकाशित: १९ बैशाख २०७८, आईतवार