काठमाडौं ।
रियलमीले मे ४ तारिखमा एउटा ठूलो इभेन्ट आयोजना गर्ने भएको छ।
रियलमी इन्डियाका सीईओ माधव सेठका अनुसार मे ४ मा हुने इभेन्टमा नयाँ उत्पादनहरु सार्वजनिक हुने सम्भावना रहेको छ।
यो इभेन्टमा कम्पनीले आफ्नो डाइमेन्सिटी १२०० चिपसेटयुक्त पहिलो स्मार्टफोनका साथमा अन्य डिभाइसहरु पनि सार्वजनिक गर्न सक्ने आकलन गरिएको छ।
इभेन्टमा जीटी निओ तथा एक्स७ म्याक्स फाइभजी स्मार्टफोन पनि सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। एक्स७ म्याक्स फाइभजी एक्स७ प्रो को रिब्राण्डेड भर्जन हुन सक्ने बताइएको छ। यसमा डाइमेन्सिटी ११०० को प्रयोग गरिएको हुनेछ।
यस इभेन्टमा कम्पनीले फोरके टीभी पनि सार्वजनिक गर्न सक्ने बुझिएको छ।
प्रकाशित: १९ बैशाख २०७८, आईतवार