
काठमाडौं ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जारी निषेधाज्ञा अवधिभर पत्रकारलाई यात्राको लागि समेत थप कडाइ गरेको छ।
शुक्रबार बसेको सिसिएमसी बैठकले निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने निर्णय गरेको हो।
यसअघि सम्बन्धित मिडिया संस्थाको परिचयपत्र भए पनि यात्राको लागि मान्य थियो ।
प्रकाशित: १८ बैशाख २०७८, शनिबार