एलन मस्कको स्पेसएक्सलाई चन्द्र अन्तरिक्षयानको विकास रोक्न नासाको आदेश

  • Technology Khabar | १८ बैशाख २०७८, शनिबार
एलन मस्कको स्पेसएक्सलाई चन्द्र अन्तरिक्षयानको विकास रोक्न नासाको आदेश

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एलन मस्कको स्पेसएक्सलाई एउटा चन्द्र अन्तरिक्ष यानको विकासको लागि जितेको करार अन्तर्गतको काम रोक्न भनेको छ ।

नासाले यूएस गभर्नमेन्ट एकाउन्टिबिलिटी अफिस (जीएओ)मा प्रतिद्वन्द्वी बोलपत्रकर्ताहरूले गरेका चुनौतीहरूको नतिजा पनि बाँकी रहेको जनाएको छ।

नासाको निर्णयको अर्थ भनेको स्पेसएक्सले विशेष गरी चन्द्र अभियान सम्झौता सम्बन्धित सबै कामहरु रोक्नुपर्नेछ जबसम्म जीएओले आदेश दिदैन, र यो छिटोमा अगस्ट ४ मा आउने अपेक्षा गरिएको छ।

अप्रिल महिनाको सुरूमा नासाले स्पेसएक्सलाई अर्बपति जेफ बेजोसको ब्लू ओरिजिन र रक्षा ठेकेदार डायनेटीक्सबीच भएको प्रतिस्पर्धाका माझ लूनार स्पेसक्राफ्टको लागि सम्झौता प्रदान गरेको थियो ।

उच्च प्रोफाइल परियोजनाको उद्देश्य १९७२ पछि पहिलो पटक चन्द्रमामा मानव पाइला राख्नु हो ।

ब्लू ओरिजिनले सोमबार जीएओसँग त्यस बारेमा दाबी विरोध पेश गर्‍यो, जसमा नासाले स्पेसएक्सलाई आफ्नो बिड परिमार्जन गर्ने मौका दिएको तर ब्लू ओरिजिनलाई त्यो मौका नदिएको दाबी गरेको छ ।

ब्लू ओरिजिनले यो निर्णयले अन्तरिक्ष अन्वेषणमा स्पेसएक्सको ‘एकाधिकारवादी’ नियन्त्रण विस्तार गर्ने तर्क गरेको छ।

जीएओले पुष्टि गरे कि डायनेटीक्सले पनि स्पेसएक्सलाई नासा ठेक्का करारमा चुनौती दिएको छ। एजेन्सी

प्रकाशित: १८ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १८ बैशाख २०७८, शनिबार

NOC from Nagarik App

  • १८ बैशाख २०७८, शनिबार

E-pension verification system launched

  • १८ बैशाख २०७८, शनिबार