रेडमी के४० गेमिङ स्मार्टफोन १ मिनेटमा १ लाख थान बिक्री

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
रेडमी के४० गेमिङ स्मार्टफोन १ मिनेटमा १ लाख थान बिक्री

काठमाडौं ।

शाओमीको रेडमी के४० गेमिङ फोन हालै १ मिनेटमा १ लाख थान बिक्री भएको छ।

मिडियाटेकको डाइमेन्सिटी १२०० चिप प्रयोग गरिएको उक्त स्मार्टफोनमा यूएफएस ३.१ स्टोरेज, एलपीडीडीआर५ तथा ६७ वाट फास्ट चार्जिङजस्ता अत्याधुनिक फिचरहरु समावेश छन्। यसबाहेक गेमिङ फोन भएकाले कूलिङ र हिट डिसिपेशन पनि उपलब्ध छ।

यी फिचर भएका कारण चीनमा पहिलो फ्ल्याश सेलमा यसको बिक्री अत्याधिक हुनु खासै आश्चर्यजनक भने होइन। कम्पनीले उक्त डिभाइस फ्ल्याश सेलका बेला १ मिनेटमा १ लाख थान बिक्री भएको दावी गरेको छ।

१ लाख थानमा सबै ५ प्रकारका मेमोरी भेरियन्ट रहेका छन्। यसमा सबैभन्दा सस्ट्टो ६ जीबी र्याम र १२८ जीबी स्टोरेजदेखि लिएर सबैभन्दा महंगो १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टका रहेका छन्।

स्टोरेजका आधारमा यी डिभाइसहरुका मूल्य ३१० देखि ४२० डलरसम्म रहेका छन्।

यी बाहेक अन्य प्रभावशाली स्पेसिफिकेशनमा जेबीएल ट्युन्ड स्टेरियो स्पीकर, पप अप शोल्डर की, एलईडी फ्ल्याशसहितको ट्रिपल क्यामरा सेट अप रहेका छन्। यो फोन हाल चीनमा मात्रै उपलब्ध भए पनि छिट्टै चीनबाहिर पनि उपलब्ध हुने र यसको ग्लोबल भर्जनको नाम पोको एफ३ जीटी रहनसक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १७ बैशाख २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १७ बैशाख २०७८, शुक्रबार

NOC from Nagarik App

  • १७ बैशाख २०७८, शुक्रबार

E-pension verification system launched

  • १७ बैशाख २०७८, शुक्रबार