तेस्रो ठूलो स्मार्टफोन ब्राण्ड बन्यो शाओमी, मार्केट शेयर एप्पलको भन्दा केवल १ प्रतिशत कम

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
तेस्रो ठूलो स्मार्टफोन ब्राण्ड बन्यो शाओमी, मार्केट शेयर एप्पलको भन्दा केवल १ प्रतिशत कम
काठमाडौंको नयाँ बानेश्वरमा खोलिएको नयाँ सर्भिस सेन्टर । फाइल तस्बिर

काठमाडौं ।

शाओमीले स्मार्टफोन बिक्रीमा रेकर्ड परिणामहरू प्रदर्शन गरेको छ भने कम्पनीले पछिल्लो त्रैमासमा बिक्री बढाउँदै लगेको देखिएको छ ।

पछिल्लो दिनमा चिनियाँ ब्राण्ड ह्वावेको बजार खस्किएसँगै शाओमीले त्यसको बजार लिँदै गएकोछ र बिक्रीमा पनि वृद्धि भईरहेकाे छ ।

हालै सार्वजनिक क्यानालिसको तथ्यांकअनुसार शाओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्राण्ड बनेको छ । क्यानालिसका विश्लेषकहरूले यस बर्षको पहिलो त्रैमासिकको परिणामहरूको बारेमा दिएको निष्कर्षअनुसार यस वर्षको पहिलो तीन महिना स्मार्टफोन शिपमेन्टको सन्दर्भमा शाओमीको लागि यसको इतिहासमा सब भन्दा राम्रो त्रैमास थियो।

२०२१ को पहिलो तीन महिनामा चिनियाँ कम्पनीले ४ करोड ९० लाख स्मार्टफोन बजारमा पठाउन सफल भयो र १४ प्रतिशत बजार सेयर लिन सक्‍यो। यसको बार्षिक वृद्धिदर ६२ प्रतिशत थियो। र सबभन्दा चाखलाग्दो कुरा भनेको बजारमा शाओमी एप्पल भन्दा १ प्रतिशतले मात्र पछि रहेको छ। कुपर्टिनो जायन्ट कम्पनीले ५ करोड २४ लाख आईफोनहरू बजारमा पठाएको छ जुन एक बर्ष अघि ३ करोड ७१ लाख यूनिट थियो। एप्पलको बजार सेयर १५ प्रतिशत रहेको छ

र सबैभन्दा ठूला स्मार्टफोन निर्माताहरूको तालिकाको पहिलो स्थानमा सामसङ अझै रहेको छ; जसले मार्केट सेयरको २२ प्रतिशत नियन्त्रण गर्दछ । संख्याको आधारमा कम्पनीले ७ करोड ६५ लाख स्मार्टफोनहरू ढुवानी गरेको हो । दक्षिण कोरियाली जायन्टले स्थिरता देखाउँदै छ र एक बर्ष पहिले यसको शेयर समान थियो; तर त्यसपछि बेचेको एकाईहरूको मात्रा ५ करोड ९६ लाख युनिट छ।

त्यसपछिका ओपो र भिभोको बजार रहेकोछ जसले क्रमशः ११ प्रतिशत र १० प्रतिशत बजार लिएका छन् ।

सन् २०२१ को पहिलो त्रैमासमा विश्वभर कुल ३४ करोड ७४ लाख स्मार्टफोनहरु बजारमा पठाईएका थिए । अघिल्लो वर्ष सोही अबधिमा केबल २७ करोड २५ डिभाइसहरु बजारमा पठाईएका थिए ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार