सीईएस २०२२ जनवरी ५ देखि ८ सम्म तय, भौतिक उपस्थितिमै गरिने तयारी

  • Technology Khabar | १६ बैशाख २०७८, बिहीबार
सीईएस २०२२ जनवरी ५ देखि ८ सम्म तय, भौतिक उपस्थितिमै गरिने तयारी

काठमाडौं ।

सीईएस २०२२ आगामी जनवरी ५ देखि ८ तारिखसम्मका लागि तय भएको छ।

गत वर्ष कोरोना महामारीका कारण विश्वभरमा थुप्रै इभेन्टहरु रोकिएकाले विभिन्न कम्पनीले आफ्ना ग्राहक समक्ष नयाँ तथा नवीनतम उत्पादनको परिचय गराउन पाएका छैनन्।

अमेरिकाको लग भेगसमा हुने सीईएस इभेन्ट यस वर्ष भर्चुअल हिसाबले अनलाइन माध्यममा गरिएको थियो। तर आगामी जनवरी ५-८ तारिखमा भने मानिसहरुको उपस्थितिमै इभेन्ट हुने बताइएको छ।

प्रेस विज्ञप्तिका अनुसार कन्जुमर टेक्नोलोजी एसोसियशन सीटीएका सीईओ ग्यारी शापिरो सीईएस ४० वर्षपछि आफ्नै घर लस भेगसमा फर्किन लागेकोमा उत्साहित भएका छन्।

२०२२ को सीईएसमा मानिसहरुलाई भोतिक रुपमा उपस्थित हुने दिने विषय तालिकामै रहेको र हालको कोरोनाविरुद्धको खोपको प्रवृत्ति हेर्दा यो सम्भव हुने देखिएको छ।

यसै सन्दर्भमा एमडब्लूसी २०२१ पनि जुन महिनामा हुने बुझिएको छ।

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार