अनलाइन टु अफलाइन इकमर्स साथीमार्टले निषेधाज्ञामा नि:शुल्क डेलिभरी गर्ने

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार
अनलाइन टु अफलाइन इकमर्स साथीमार्टले निषेधाज्ञामा नि:शुल्क डेलिभरी गर्ने

काठमाडौं ।

अनलाइन टु अफलाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालकै ठुलो रिटेल चेन स्टोर साथीमार्टले निषेधाज्ञाको समयमा अनलाइन अर्डर लिएर निःशुल्क डेलिभरी गर्ने भएको छ।

अनलाइन शपिङ गर्न साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। कम्पनीले हाल वेबसाइटको ‘बेटा भर्सन’ सार्वजनिक गरेको हो।

अर्डर गरेको २४ घन्टा भित्र डेलिभरी दिइने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

अनलाइन शपिङमा ३३ प्रतिशत सम्म छुटको प्रदान गरिने पोख्रेलले बताए। तत्काल काठमाडौ उपत्यकामा मात्र लागू गरिएको अनलाइन अर्डर छिट्टै देशभर सन्चालन गरिने बताइएको छ।

निषेधाज्ञाको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अनलाइन सपिङलाई जोड दिइएको पोख्रेलको भनाइ छ। साथै सम्बन्धित निकायले तोकेको समयमा स्वास्थ्य सुरक्षाको प्रावधानलाई पालना गरेर मार्टहरु सञ्चालन हुने बताइएको छ।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार