आरबिबि मोबाइल बैंकिङ्ग महामेलाका विजयी घोषणा

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार
आरबिबि मोबाइल बैंकिङ्ग महामेलाका विजयी घोषणा

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकको आरबिबि मोबाइल बैंकिङ्ग महामेलाका विजयी घोषणा गरिएको छ । बैंकले मोबाइल बैंकिङ्गको प्रवर्द्धनको लागि गत चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म एफवान सफ्टको सहकार्यमा महामेला संचालन गरेको थियो ।

उक्त अवधिको करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको बैंकले जनाएको छ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन्। यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसङ ग्यालेक्सी ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबिबि मोबाइल बैंकिङ्ग महामेला संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रावा बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार