काठमाडौं ।
वैशाख १६ गतेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।
सरकारले कोरोनाको दोस्रो लहर आएसँगै आगामी वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको छ। यसै सन्दर्भमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै वैशाख १६ गते अर्को सूचना नआएसम्मका लागि हाल भैरहेको अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएकाे हो ।

यसअघि पनि पटक पटक लाइसेन्सको आवेदन तथा प्रक्रिया रोकिने गरेकोमा गत वर्ष कोरोनाको पहिलो लहरका बेला पनि विभागले लगभग १० महिनासम्म लाइसेन्सको आवेदन तथा ट्रायल स्थगित गरेको थियो ।
प्रकाशित: १४ बैशाख २०७८, मंगलवार