एप्पलले २० हजार नयाँ रोजगारी सिर्जना गर्न अमेरिकामा २० प्रतिशत लगानी बढाउने

  • Technology Khabar | १४ बैशाख २०७८, मंगलवार
एप्पलले २० हजार नयाँ रोजगारी सिर्जना गर्न अमेरिकामा २० प्रतिशत लगानी बढाउने

काठमाडौं ।

एप्पलले न्यू क्यारोलाइनामा नयाँ क्याम्पस बनाउन अमेरिकामा २० प्रतिशत लगानी बढाउने भएको छ।

२० प्रतिशतले बढाउँदा यो रकम ४ खर्ब ३० करोड डलर हुन आउँछ जसको मुख्य उद्देश्य सिलिकन इन्जिनीयरिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा फाइभजी प्रविधिका क्षेत्रमा देशभरमा २० हजार नयाँ रोजगारी सिर्जना गर्नु रहेको एप्पलको भनाइ छ।

यसका लागि नर्थ क्यारोलाइनामा १ अर्ब डलरको क्याम्पस तथा इन्जिनीयरिङ हब बनाउने र यसमार्फत् मेशिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवयर इन्जिनीयरिङका साथै अन्य क्षेत्रका ३००० रोजगारी सिर्जना हुने बताइएको छ।

यसबाहेक एप्पलले आफ्नो सान डिएगोमा रहेको कर्मचारीको टोली २०१८ मा गरिएको ५०० प्रतिशत बढाउने नीति अनुसार सन् २०२६ सम्ममा ५००० जनाको बनाउने तथा कल्भर सिटीमा भने त्यही समयसम्ममा ३००० जना पुर्याउने अपेक्षा गरेको छ।

वाशिङ्टन राज्यको सियाटल साउथ लेक युनियन नजिकै एप्पलले १००० जना स्थानीय कर्मचारी सहितको लिडरशिप इन एनर्जी एन्ड इन्भाइरोन्मेन्ट डिजाइन लीडको प्लेटिनम कार्यालय शुरु गर्ने जनाएको छ। यसमा अरु १००० कर्मचारी थप्ने पनि कम्पनीको योजना छ।

एप्पलको ४ खर्ब ३० अर्बको प्रतिबद्धतामा सबै ५० राज्यका ९ हजारभन्दा बढी आपूर्तिकर्ता तथा कम्पनीहरुका खर्च, डाटा सेन्टरको लगानी, अमेरिकामा हुने पुँजी खर्च तथा २० राज्यमा एप्पल टीभी उत्पादनजस्ता अन्य स्थानीय खर्च पनि समावेश हुने बुझिएको छ।

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार