वनवेबको लागि एरियनस्पेसको छैटौं मिशन पूरा, ३६ ओटा थप स्याटेलाइटहरू प्रक्षेपण

  • Technology Khabar | १४ बैशाख २०७८, मंगलवार
वनवेबको लागि एरियनस्पेसको छैटौं मिशन पूरा, ३६ ओटा थप स्याटेलाइटहरू प्रक्षेपण

काठमाडौं ।

एरियनस्पेसले भोस्तोचनी कस्मोड्रोमबाट गरेको एसटी३१ उडान पूरा भएको घोषणा गरेको छ।

वनवेब कन्स्टलेसनको लागि एरियनस्पेसको ठेक्काको भागका रूपमा मिसनले ३६ वटा थप स्याटेलाइटहरू प्रक्षेपण गर्‍यो, जस अन्तर्गत २०२१ र २०२२ को बिचमा थप तेह्रवटा मिसनहरूको योजना रहेको छ।

सोयुज उडान २६ अप्रिलमा भएको थियो, जसले वनवेबको तल्लो पृथ्वीको कक्षमा राखिने लियो स्याटेलाइटहरु लगेको थियो र कुल १८२ वटा भएका छन् ।

यो फाइभ टू फिप्टी मिसन कार्यक्रममा तेस्रो उडान हो । वनवेबले बेलायत, अलास्का, उत्तरी यूरोप, ग्रीनल्याण्ड, आइसल्यान्ड, आर्टिक सीज र क्यानडाभर सेवाहरू प्रदान गर्न शुरु गर्नेछ र यो वर्ष अन्त्य हुनु अघि नै सेवा स्विच गरिने छ। त्यसपछि वनवेबले सन् २०२२ मा वैश्विक सेवा उपलब्ध गराउन चाहेकोछ।

वनवेबका स्याटेलाइटहरू रकेटबाट अलग भए र नौ ब्याचमा वितरण गरिएका ३६ वटा स्याटेलाइटहरू ३ घण्टा ५२ मिनेट अवधिमा सिग्नल प्राप्त गर्दै राखिएको सुनिश्चित गरिएका थिए।

यी स्याटेलाइटहरू योजनाबद्ध ६४८ लियो स्याटेलाइट कदमको हिस्सा बनेका छन् जसलाई वनवेबले उच्च गति, कम विलम्बतासहित विश्वव्यापी कनेक्सनका लागि उपयोग गर्नेछ । एजेन्सीका साथ

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...