
काठमाडौं ।
ललितपुरको सातदोबाटोमा आज विश्वस्तरीय शहरी–बसोबास “अर्बन स्पेस”को उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन पूर्व मिस नेपाल श्रृंखला खतिवडा र “अर्बन स्पेस”का संस्थापक बिपिन गैरैले गरेका हुन् ।
अर्बन स्पेसका संस्थापक बिपिन गैरेले नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए ।
‘यो एक रिभोलुसनरी आइडिया हो, जुनआर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ, यो परियोजना नेपालमा एक नौलो सुरुवातहो, हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गर्दैछौँ र यो परियोजना सम्पूर्ण नेपालमाविस्तार गर्ने योजनाबनाएका छौं,’ उनले भने ।
खतिवडाले यो हाउजिङ्गको नयाँ इनोभेटिभ र डेमोक्रेटिक कन्सेप्ट भएकोले अर्बन स्पेसमा एक व्यक्तिले आफ्नोसानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्ने बताइन् ।
अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्ने बताए । शहरी योजनाकारहरुको लागि मात्र नभई दिगो विकास लक्ष्यहरुमहरुमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरुको लागि पनि विश्वव्यापी अभियान भएको उनको भनाई छ ।
यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भावकायम राखीजीवनशैली रवातावरणमा विविधता प्रदान गर्दछन् ।
यो मास्टर प्लानसेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ जहाँमानिसलले विविध सामाजिकजीवनको अनुभवगर्न सक्नेछन्। डिजाइन गरिएकायुनिकफिचरहरुले मानिसहरुलार्ई फाइदा पूर्ण रुपमाविभिन्न सुविधाहरु प्रदानगर्ने छ।
अर्बन स्पेसको विशेष फाइदाहरुमाभूकम्पप्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्लीइन्सुलेटेड वाल, साउन्डइन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरु समावेश भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ बैशाख २०७८, सोमबार