अमेरिकामा तीन महिनामा आईफोन १२ का ४ मोडल सर्वाधिक बिक्री

  • Technology Khabar | १३ बैशाख २०७८, सोमबार
अमेरिकामा तीन महिनामा आईफोन १२ का ४ मोडल सर्वाधिक बिक्री

काठमाडौं ।

आईफोन १२ का ४ मोडलले यस वर्षको पहिलो त्रैमासमा एप्पलले अमेरिकामा गरेको आईफोन व्यापारको ६१ प्रतिशत हिस्सा ओगटेको छ।

कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनर्सले गरेको अध्ययन अनुसार तीन महिनामा भ्यानिला आईफोन १२ को बिक्री सर्वाधिक भएको तथ्याङ्क छ।

गत वर्ष आईफोन ११ बजारमा हावी भएको थियो। यसअघि आईफोन एक्सआर पनि बजार तताउनेमध्येमापरेको थियो।

हालको तीन महिनाको तथ्याङ्कमा दोस्रो नम्बरमा आईफोन १२ प्रो म्याक्स तथा तेस्रोमा आईफोन १२ प्रो र अन्तिममा भने आईफोन १२ मिनी परेको छ।

आईफोन १२ मिनी भने नरुचाइएकोमा परेको छ भने यसको बिक्री २०२० को डिसेम्बर देखि नै खस्किएको छ।

आईफोन ११ को बिक्री पनि यो तीन महिनामा २४ प्रतिशतले भएको छ। यसरी नयाँ आएका फोनभन्दा पुराना र सस्ता फोन बिक्री हुन थालेपछि औसत बिक्री मूल्य घट्यो। अमेरिकामा डिसेम्बरमा ८७३ डलर औसत बिक्री मूल्य रहेकामा मार्चमा आउँदा यो घटेर ८४७ डलरमा पुगेको थियो।

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...