ट्विटरलाई कोरोना सम्बन्धी भ्रामक जानकारी भएका ट्वीट हटाउन भारत सरकारको आदेश

  • Technology Khabar | १२ बैशाख २०७८, आईतवार
ट्विटरलाई कोरोना सम्बन्धी भ्रामक जानकारी भएका ट्वीट हटाउन भारत सरकारको आदेश

काठमाडौं ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले भयावह अवस्था बनाएसँगै कोरोना सम्बन्धी भ्रामक समाचारहरूमा सरकारले कडा कारबाही गर्ने भएको छ।

यसै क्रममा भारतीय सरकारले सोशल मिडिया प्लेटफर्म ट्विटरलाई १०० भ्रामक समाचारहरू भएका भनिएका त्यस्ता पोष्ट र यूआरएलहरू हटाउन आग्रह गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

यसको प्रभाव पनि देखिईसकेको छ। ट्विटरले भर्खरै धेरै ट्वीटहरू मेटाएको छ जस मार्फत कोरोनाको बारेमा भ्रामक जानकारी राखिएको थियो।

एक ट्विटर प्रवक्ताले आइतवार यस बारेमा जानकारी दिएका छन्। उनले बताएअनुसार एकाउन्टहरू ब्लक गरिएको छैन तर तिनीहरूलाई इमेल मार्फत सो कार्यका बारे जानकारी गराईएको छ।

उता यस बारेमा सरकारको आलोचना समेत भएको छ । सरकारले कोरोना भाइरसको विरुद्ध ससक्त कदम नचालेको गुनासाेहरु सामाजिक सञ्जालमा पोखिईरहेको बेलामा त्यसलाई रोक्न र आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लागेको छ।

उता भारतीय सरकारले भने यो कारबाही नक्कली समाचार फैलाउन गरिएको र आफ्नो आलोचना भइरहेकोमा त्यसलाई रोक्न नभएको स्पष्टिकरण दिएको छ।

ट्विटरकाअनुसार भारतीय सरकारले धेरै ट्वीटमा आपत्ति जनाएको छ र केही व्यक्तिहरूले यसमार्फत नक्कली समाचारहरू फैलाइरहेका बताएको छ। यसमा कांग्रेसका लोकसभा सांसद रेवन्त रेड्डी, बंगालका मन्त्री मोलोय घाटक, अभिनेता विनीत कुमार सिंह र दुई फिल्म निर्माताको ट्वीट समावेश रहेको छ।

ट्विटरले भन्यो-हामी कोरोना बारेको गलत सूचनाहरुलाई ह्याण्डल गरिरहेका छौं। हामी यसको लागि उत्पादन, टेक्नोलोजी र मानवमार्फत समीक्षा प्रयोग गर्दैछौं र हाम्रो प्रयास जारी रहनेछ। यो हाम्रो प्राथमिकता हो।’

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार