ट्विटर एपमा अब फोरके तस्वीरहरू अपलोड गर्न र हेर्न सकिने सुबिधा

  • Technology Khabar | ११ बैशाख २०७८, शनिबार
ट्विटर एपमा अब फोरके तस्वीरहरू अपलोड गर्न र हेर्न सकिने सुबिधा

काठमाडौं ।

माइक्रोब्लगिङ्ग साइट ट्विटरका प्रयोगकर्ताहरूले अब एन्ड्रोइड र आईओएसको ट्विटर एपमा फोरके (4K) इमेजहरू अपलोड गर्न र हेर्न अनुमति दिनेछ।

मासाबेलका अनुसार इमेजहरूका लागि रिजोलुसन पहिले २,०४८x२,०४८ पिक्सेलमा मात्र सीमित थियो । र ट्विटर स्मार्टफोन एप प्रयोगकर्ताहरूको लागि अब फोरके इमेजहरू सपोर्ट रोल आउट गरिएको छ।

सो नयाँ फिचरको बारेमा ट्विटर सपोर्ट आधिकारिक एकाउन्टद्वारा घोषणा गरिएको थियो।

ट्विटर वेब एपमा फोरके इमेजहरूका लागि समर्थन पहिले नै उपलब्ध थियो र अब सोहि फिचर स्मार्टफोन एपहरूको लागि रोल आउट गरिएको हो।

अब, यदि तपाईं ट्विटरमा कसरी फोरके इमेजहरू सक्षम गर्न सकिन्छ भन्ने सोचमा हुनुहुन्छ भने, यी सजिलो स्टेपहरू अनुसरण गर्नुहोस्-

पहिले, स्मार्टफोनमा ट्विटर एप खोल्नुहोस् र ‘सेटिंग्स र गोपनीयता’ विकल्प चयन गर्नुहोस्। एक पटक सेटिंग्स विकल्प छनौट गरेपछि, ‘जनरल’ कोटी अन्तर्गत ‘डाटा प्रयोग’ विकल्पमा ट्याप गर्नुहोस्।

अब, प्रयोगकर्ताहरू ‘हाइ क्वालिटी इमेज अपलोड्स’ विकल्पको साथ इमेज क्याटगरी हेर्न सक्षम हुनेछन्।

अब, ट्विटर प्रयोगकर्ताले ट्विटरको लागी इमेज प्राथमिकता सेटिंग्स अपडेट गर्न सक्षम हुनेछन्।

तपाईँले फोरके इमेजलाई मोबाइल डाटामा हेर्ने वा वाईफाई डाटामा हेर्ने भनेर समेत छनौट गर्न सक्नुहुनेछ ।

प्रकाशित: ११ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार