एलन मस्क कुनै बेला अर्काको इन्टरनेट कम्पनीमा जागिर माग्न गएका थिए, पत्याउनुहुन्छ?

  • Technology Khabar | ११ बैशाख २०७८, शनिबार
एलन मस्क कुनै बेला अर्काको इन्टरनेट कम्पनीमा जागिर माग्न गएका थिए, पत्याउनुहुन्छ?

काठमाडौं ।

अहिले अर्बपतिका रुपमा चिनिएका टेस्ला कम्पनीका मालिक कुनै बेला अरु कम्पनीमा जागिर खान आवेदन दिएका थिए भन्दा पत्यार नलाग्न पनि सक्छ। तर केही समयअघि एप्पलका संस्थापक स्टिभ जब्सले कुनै बेला जागिरका लागि हातैले लेखेको निवेदन पनि फेला परेको थियो।

त्यसैले सफल हुने व्यक्तिले सानो कामबाट नै शुरु गर्ने रहेछ भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ।

सानैदेखि इन्टरनेटमा रुची राख्ने मस्कले सन् १९९५ ताका एउटा इन्टरनेट कम्पनीमा जागिरका लागि आफ्नो व्यक्तिगत विवरण बायो डाटा पेश गरेका थिए। तर उनी अन्तर्मुखी स्वभावका भएकाले सबैसँग लजाउँथे र कसैसँग कुरा गर्न सक्दैनथे।

लजालु हुनाले बायो डाटा पेश गरे पनि उनी जागिर खान जान भने सकेनन्। इन्टरनेटप्रतिको मोह र अरुसँग लजाउने बानीले गर्दा उनले अन्तत: आफ्नै जिप२ नामक इन्टरनेट कम्पनी खोले।

हालै ट्विटरमा एक भारतीय प्रयोगकर्ता प्रणय पाथोलेले एलन मस्कको पहिलो जागिरको विषयमा उनको युवा उमेरको तस्बिर सहित एउटा पोस्ट गरेका छन्। उक्त पोस्टमा मस्क स्वयंले यी तथ्यहरु सही भएको भनेर उत्तर दिएका छन्। यो उत्तरका कारण उनको पोस्टमा भएका तथ्यहरु सही हुन् भन्ने प्रमाणित गर्छन्।

https://twitter.com/PPathole/status/1384548802900594692

पाथोलेको पोस्टमा मस्कले आफूले जागिर पाउन सक्ने भए पनि त्यतिबेला धेरै इन्टरनेट कम्पनी नभएकाले नपाएको जवाफ दिएका छन्। यस बाहेक उनले

प्रकाशित: ११ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार