हप्ता दिनपछि हुम्लामा इन्टरनेट सेवा सुचारु

  • Technology Khabar | १० बैशाख २०७८, शुक्रबार
हप्ता दिनपछि हुम्लामा इन्टरनेट सेवा सुचारु
सांकेतिक तस्बिर

काठमाडौं ।

हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ ।

कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि आज अपराह्न ३ बजेदेखि सञ्चालनमा आएको हो ।

गत शनिबार बेलुकादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आजबाट सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ ।

महाबुलेखमा प्राविधिक टोली पुगेर रिपिटर टावरमा बिग्रेको सामान काठामाडौँबाट ल्याएर जडान गरेपश्चात आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको दूरसञ्चार कार्यालय सिमकोटका उब्जन शाहीले जानकारी दिए।

आज बिहान प्राविधिकको टोली महाबुलेख पुगी मर्मत गरेर इन्टरनेट सेवा सञ्चालन हुँदा जिल्लाका सञ्चारमाध्यमदेखि अन्य सेवाग्राहीलाई सहज भएको छ । इन्टरनेट नहुँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत हप्ता दिनदेखि ठप्प थियो ।

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १० बैशाख २०७८, शुक्रबार