एफसी चितवनलाई डिशहोमको प्रायोजन

  • Technology Khabar | १० बैशाख २०७८, शुक्रबार
एफसी चितवनलाई डिशहोमको प्रायोजन

काठमाडौं ।

वैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।

प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ सि चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्धारा एफ सि चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

भरत खवास मार्कि प्लेयर रहेका एफसी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन्।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफ सि चितवनमा विकाश खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडिहरु रहेका छन्।

एफसी चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ।

नेपाल स्पोर्टस इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...