
काठमाडौं ।
हुन्डाइ मोटर ग्रुप र एसके इनोभेशनले संयुक्तरुपमा हाइब्रिड विद्युतीय सवारीका लागि पाउच ब्याट्री उत्पादन गर्ने भएका छन्।
दुवै कम्पनीले शुक्रबार संयुक्तरुपमा यस्तो जानकारी गराएका हुन्। उनीहरुका अनुसार ती ब्याट्रीहरु सन् २०२४ मा सार्वजनिक हुने विद्युतीय सवारीहरुमा प्रयोग हुनेछ।
एसके इनोभेशनले सन् २०१० मा हुन्डाइले उत्पादन गरेको ब्लुअन विद्युतीय सवारीमा ब्याट्री आपूर्ति गरेको थियो। यसबाहेक उक्त कम्पनीले किया रे तथा किया सोल विद्युतीय सवारीका लागि पनि ब्याट्री उपलब्ध गराएको थियो।
एसके इनोभेशनले हालै हुन्डाइ मोटर कर्प ग्रुपको ई-जीएमपी प्लेटफर्ममा आधारित हुन्डाइको आयोनिक ५ तथा किया ईभी६ मा पनि आवश्यक ब्याट्री उपलब्ध गराएको थियो।
प्रकाशित: ९ बैशाख २०७८, बिहीबार