एप्पलले ओएलईडीका लागि अब एलजी र बीओईसँग पनि साझेदारी गर्ने

  • Technology Khabar | ९ बैशाख २०७८, बिहीबार
एप्पलले ओएलईडीका लागि अब एलजी र बीओईसँग पनि साझेदारी गर्ने

काठमाडौं ।

एप्पलले गएका दुई वर्ष आईफोनका लागि सामसङसँग ओएलईडी प्यानल किन्दै आइरहेको थियो।

विश्वको अग्रणी ओएलईडी निर्माताका रुपमा रहेको सामसङले गत वर्ष आईफोनमा प्रयोग हुने ७८ प्रतिशत ओएलईडी आपूर्ति गरेको थियो। दक्षिण कोरियाको द इलेक नामक समाचार संस्थाका अनुसार एप्पलले ओएलईडी डिस्प्लेको आपूर्तिमा अरु विकल्पहरु पनि खोजिरहेको छ। कम्पनीको पहिलो दुई विकल्पमा एलजी र चीनको बीओई रहेका छन्।

उद्योगको तथ्याङक तथा ओम्डिया रिसर्चको प्रतिवेदन अनुसार सामसङ एप्पलका लागि ६५.१ प्रतिशत हिस्साका साथ ओएलईडी डिस्प्ले प्यानलको आपूर्तिकर्तामा शीर्ष स्थानमै रहनेछ।

यसबाहेक अब आउने दुई प्रतिस्पर्धी एलजी र बीओईले बाँकी हिस्सा पाउनेछन्।

तीमध्ये एलजीको ओएलईडी डिस्प्लेको आपूर्ति हिस्सा २९.६ प्रतिशत तथा बीओईको भने बाँकी रहेको ५.३ प्रतिशतमात्र रहने बुझिएको छ।

एप्पलले आफ्नो आईफोनका लागि जम्मा १६ करोड ९० लाख थान ओएलईडी खरिद गर्नेमा ११ करोड थान सामसङले तथा बाँकी बचेको ५ करोड ९० लाख थान भने एलजी र बीओईले पाउनेछन्।

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...