एप्पलको डिजाइनमा ह्याकरको पहुँच, ५ करोड डलर माग

  • Technology Khabar | ९ बैशाख २०७८, बिहीबार

काठमाडौं ।

एप्पलको आपूर्तिकर्ता क्वान्टाले बुधबार आफ्नो सिस्टममा रिभिल र्यान्समवयर ग्रुपले साइबर हमला गरेको बताएको छ।

उक्त ग्रुपले साइबर हमलापछि एप्पलसँग ५ करोड डलर रकम माग गरेको र माग पूरा नभएमा सम्वेदनशील फाइलहरु डार्क वेबमा राखिदिने धम्की दिएको बुझिएको छ।

डीप वेबमा रहेको ‘ह्याप्पी ब्लग’ पोर्टलमा धम्की दिनेमध्ये एक जनाले आफूले एप्पलको म्याकबुक तथा एप्पल वाचको विवरण भेटेको बताएका छन्। उनले ताइवानमा रहेको फ्याक्ट्रीको गोप्य डाटामा पहुँच बनाएर यहासम्म पुग्न सकेको पनि खुलाएका छन्।

उनले एप्पलको आपूर्तिकर्ता क्वान्टाले आफ्नो मागका बारेमा कुनै चासो नदेखाएकाले एप्पलसँग रकम माग गरेको पनि बताए।

‘हाम्रो टिमले विभिन्न डिभाइसका गोप्य चित्रकला तथा ठूलो परिमाणको व्यक्तिगत विवरण बेच्न थुप्रै मुख्य ब्रान्डहरुसँग कुरा गरिरहेको पनि बताएका छन्’, रिभिलका सञ्चालकले भने, ‘हामी आगामी मे १ तारिखसम्ममा पुन: द गर्न एप्पललाई सुझाव दिन्छाैं।’

सन् २०१९ जुनमा पहिलो पटक देखा परेको रिभिलका नामले चिनिने सोडिनोकिबि वा सोडिन भन्ने उक्त समूह र्यान्समवयर एज ए सर्भिस रास समूहमध्येकै खूंखार भएर निसक्किएको छ।

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया