रोमानियामा ह्वावेलाई फाइभजी नेटवर्क विस्तार गर्नबाट रोक्न विधेयक पारित

  • Technology Khabar | ९ बैशाख २०७८, बिहीबार
रोमानियामा ह्वावेलाई फाइभजी नेटवर्क विस्तार गर्नबाट रोक्न विधेयक पारित

काठमाडौं ।

गत हप्ता रोमानियाले ह्वावेलाई देशमा फाइभजी नेटवर्क विस्तार गर्नबाट रोक्न एउटा विधेयक पारित गरेको थियो।

यो विधेयक सन् २०१९ मा वाशिङ्टनसँग गरिएको सम्झोताका आधारमा आएको बुझिएको छ। अमेरिका र दक्षिणपूर्वी यूरोपमा रहेको रोमानियाबीच भएको उक्त सम्झोता अनुसार अहिले र भविष्यमा पनि ह्वावेले रोमानियासँगको साझेदारीमा काम गर्न नपाउने छैन।

रोमानियाको उक्त विधेयक अनुसार फाइभजी रोलआउटमा सहभागी सबै भेन्डरहरु बाहिरी देशको नियन्त्रणमा नहुने, पारदर्शी स्वमित्व संरचना भएको हुनुपर्ने तथा पारदर्शी कर्पोरेट कामकाहरबाही तर्फ उन्मुख गराउने कानुनी शासनअन्तर्गत रहनुपर्ने हुन्छ।

यो विधेयक संसदबाट अनुमोदन हुन भने बाँकी नै छ र उक्त प्रक्रिया अर्को हप्ता कार्यान्वयन हुने बुझिएको छ।

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...