नेपाल टेलिकमलाई २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी

Technology Khabar ८ बैशाख २०७८, बुधबार

नेपाल टेलिकमलाई २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

अपडेटः नेपाल दूरसञ्चार प्राधिकरणले यस बारेमा कुनै निर्णय नगरेको जानकारी दिएको छ। यसको लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले मात्रै निर्णय गर्न सक्ने र टेलिकमले हालसम्म सो फ्रिक्वेन्सी नमागेको हुँदा कुनै निर्णय नभएको जनाएको छ।

समाचार फरक पर्न गएकोमा क्षमा प्रार्थी छौं -सम्पादक

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेको छ।

प्राधिकरणको हालै बसेको बोर्ड बैठकले सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल आजियाटा लिमिटेड दुबैलाई प्रविधि तटस्थताअन्तरगत २१०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

२१०० मेगाहर्ज ब्याण्डमा नेपाल टेलिकमलाई नयाँ फ्रिक्वेन्सी उपलब्ध गराएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

नयाँ फ्रिक्वेन्सी पाएसँगै अब नेपाल टेलिकमसँग २१०० मेगाहर्ज ब्याण्डमा कुल १५ मेगाहर्ज फ्रिक्वेन्सी हुनेछ ।

एनसेल र नेपाल टेलिकमसँग यसअघि नै २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा १० मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी रहेको छ ।

प्राधिकरण बोर्ड बैठकले आधार मूल्यमा २५ प्रतिशत रकम जोडेर फ्रिक्वेन्सी शुल्क लाग्ने गरी मूल्य निर्धारण गरेको छ । जसअनुसार २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको आधार मूल्य प्रति मेगाहर्ज अनपेयर्ड १ करोड २० लाख रुपैयाँ तोकिएको छ।

प्राधिकरणको निर्णयअनुसार अब नेपाल टेलिकमले कुल १५ करोड रुपैयाँ तिरेमा २१०० मेगाहर्ज ब्याण्डको थप ५ मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी प्राप्त गर्नेछन् ।

२१०० मेगाहर्ज ब्याण्डमा हाल ४० मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी नेपालसँग उपलब्ध रहेको छ ।

यो पनि हेर्नुस्-

अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया