एप्पलले आईओएस १४.५ र आईप्याडओएस १४.५ अर्को हप्ता सार्वजनिक गर्ने

Technology Khabar ८ बैशाख २०७८, बुधबार

काठमाडौं ।

एप्पलले आफ्नो मोबाइल पअपरेटिङ सिस्टमको अपग्रेडका लागि काम गर्न थालेको महिनाैं भइसकेको छ।

अहिले भने यो तयार भएर अब यूजरहरुको मोबाइल फोनमा अपडेट हुने तरखरमा छ। धेरै जनाले एप्पलको स्प्रिङ लोडेड इभेन्टमा सार्वजनिक हुने अपेक्षा गरे पनि यो आउने हप्तामात्र सार्वजनिक हुने कम्पनीले जनाएको छ।

यीमध्ये आईओएस १४.५ आईफोन तथा आईपड टचका लागि र आईप्याडओएस १४.५ नयाँ आईप्याड प्रोसहित र फाइभजी इनेबल गरिएका अन्य दुई गरी चारवटा आईप्याडका लागि प्रयोग हुनेछ।

एप्पलका अनुसार आईओएस तथा आईप्याडओएस १४.५ को प्रतीक्षा अब लगभग सकिएको छ। आगामी हप्तादेखि अपडेटको रोल आउट शुरु हुनेछ। तर यसको यकिन दिन र समय भने तोकिएको छैन।

मंगलबारको स्प्रिङ लोडेड इभेन्टमा सार्वजनिक गरिएको एयर ट्यागका लागि आईओएस १४.५ न्यूनतम आवश्यकता हो। फाइन्ड माइ एपको आइटम्स ट्याबमार्फत् आफ्नो आईफोन वा आईप्याडमा एयर ट्याग चलाउनका लागि आईओएस १४.५ अपडेट भएको हुनुपर्छ।

त्यसबाहेक यो अपडेटपछि यूजरहरुले मास्क लगाए पनि आफ्नो फेस आईडीमार्फत् आईफोन अनलक गर्न सक्नेछन्।

साथै एप्पल वाच छ भने त्यसमा त्यसका लागि स्वाइप जेस्चर तथा लिरिक्स शेयरिङ, फिटनेस+ वर्कआउटका लागि एयरप्ले २ सपोर्ट, एप्पल म्यापमा रिपोर्टिङ फिचर, पीएस५ तथा एक्सबक्स सिरिज एक्स कन्ट्रोलर र नयाँ एप्पल कार्ड फ्यामिलि सपोर्टको सुविधा पनि रहनेछ।

मंगलबारको इभेन्टमा घोषणा भएको प्याजी रंगको आईफोन, आईप्याड प्रो ११ तथा आईप्याड प्रो १२.९ मा भने आईओएस १४.५ पहिले नै इन्स्टल भएर आउने बताइएको छ।

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया