Technology Khabar ८ बैशाख २०७८, बुधबार
काठमाडौं ।
चीनको वेन्चाङमा रहेको अन्तरिक्ष बन्दरगाहले ३ अर्ब डलर बराबरको सुपर कम्प्युटिङ सेन्टर बनाउने भएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त केन्द्र यसै वर्षको अन्त्यसम्म बनिसक्ने र यसले अन्तरिक्षबाट प्राप्त तथ्याङ्क विश्लेषण गर्नेछ।
लगभग ३ अर्ब डलरमाथिको योजनाबद्ध लगानीमा बन्ने उक्त सुपरकम्प्युटिङ सेन्टरले
एरोस्पेस तथा पनडुब्बी क्षेत्रसँग सम्बन्धित उद्योगहरुलाई आगामी वर्षको शुरुवातदेखि ठूला तथ्याङ्कसँग सम्बन्धित सेवा पुर्याउने बताइएको छ।
सरकारी सञ्चारमाध्यम हाइनान डेलीले जनाए अनुसार आउँदो दशकमा चीनले व्यावसायिक स्याटेलाइटहरुको विशाल कन्सटेलेशन बनाउने र त्यसमार्फत् कोइला बिक्रीको अवस्था ट्र्याक गर्नका लागि हवाइजहाजहरुका उच्च गतिको लागि इन्टरनेटसहितका विभिन्न सेवाहरु सञ्चालनमा ल्याइनेछ।
स्याटेलाइट प्रक्षेपणको माग पूरा गर्न चीनले भित्र अन्य रकेट राखेर पठाउन सकिने विशाल रकेट बनाउनेदेखि प्रक्षेपण केन्द्रहरुको सङ्ख्या बढाउनेसम्मको रणनीति लिने देखिएको छ।
चीनमा हाल हाइनान प्रान्तमा रहेको एउटासहित ४ ओटा प्रक्षेपण केन्द्र रहेका छन्। यसै महिनाको शुरुवातमा चीन सरकारले बढ्दै गएको रकेट प्रक्षेपणको मागलाई सम्बोधन गर्न हाइनानमा व्यावसायिक स्पेस बेस बनाउने योजनामा रहेको बताएको थियो।
प्रकाशित: ८ बैशाख २०७८, बुधबार