ओपोलाई पछि पार्दै भिभो बन्यो चीनको अग्रणी स्मार्टफोन उत्पादक

  • Technology Khabar | ८ बैशाख २०७८, बुधबार

काठमाडौं ।

भिभो चीनको स्मार्टफोन उत्पादनका हिसाबले पहिलो कम्पनी बनेको छ।

यसभन्दा अघि यो सूचीमा ओपो रहेकोमा हालै ओपोलाई पछाडि पार्दै भिभो अगाडि आएको हो। विश्वव्यापी चिप अभावका बावजूद पनि चीनमा स्मार्टफोन तथा स्मार्ट डिभाइसहरुको उत्पादन बढ्दै गएको छ।

केही समयअघि ह्वावेको स्थिति खस्केपछि ओपो यो सूचीमा शीर्ष स्थानमा उक्लिने मैका पायो। हालै काउन्टरपोइन्ट रिसर्चको प्रतिवेदन अनुसार मार्च महिनामा भिभो पहिलो नम्बरमा उक्लिएको छ।

केहीसमय अघिसम्म ह्वावे नै यो सूचीको एक मात्र शीर्ष स्थानको हकदार थियो। गत वर्ष ह्वावेले अनरलाई चीनकै अर्को समूहलाई बेचेपछि उत्पादन सङ्ख्याका हिसाबले ह्वावे पछाडि पर्न थालेको हो।

अहिलेका लागि ह्वावेले पी तथा मेट सिरिजजस्ता प्रिमियम स्मार्टफोनमा बढी केन्द्रित भएको छ। भिभो वाई३० र एस९ मोडल सार्वजनिक भएसँगै कम्पनीले ओपोलाई पछाडि पार्न सफल भएको हो।

अहिले फाइभजी फोन बनाउनेमा चिनियाँ कम्पनी नै अग्रपंक्तिमा रहेका छन्। काउन्टरपोइन्ट रिसर्चका अनुसार भिभो अनलाइन बजार आईकूमार्फत् बजारीकरण गरिरहेको छ।

भिभो र ओपोबीच ३ प्रतिशतको मात्र फरक भएकाले यो वर्षभरिको प्रतिस्पर्धामा जसले पनि बाजी मार्न सक्ने देखिन्छ।

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया