
काठमाडौं ।
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चर कम्पनी टीएसएमसीका अध्यक्ष लिउ डेइन तथा सभापति वेइ झेजियाले फाइभजी स्मार्टफोन तथा उच्च कार्यक्षमता भएका कम्प्युटरसम्बन्धी उपकरणहरुको माग यस वर्ष उच्च रहेको बताएका छन्।
डेइन र झेजियाले मोबाइल फोन, उच्च कार्यक्षमता भएका कम्प्युटरसम्बन्धी उपकरणहरु तथा इन्टरनेट अफ थिङ्समध्ये ब्लुटूथ हेडसेट, स्मार्टवाच तथा स्मार्ट स्पीकरजस्ता डिभाइसका कारण इन्टरनेट अफ थिङ्सको बजार उल्लेख्य मात्रामा वृद्धि भएको दावी गरेका छन्।
उनीहरुका अनुसार इन्टरनेट अफ थिङ्स डिभाइसहरुको बिक्री सङ्ख्यामा बर्सेनि ३० प्रतिशतले वृद्धि हुँदै आएको छ।
अन्य रिपोर्टहरुले भने मुख्य उच्च कार्यक्षमता भएका कम्प्युटरसम्बन्धी उपकरणहरुको बिक्री सङ्ख्या हेर्दा अघिल्लो वर्षकोभन्दा ११ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष मुख्य उच्च कार्यक्षमता भएका कम्प्युटरसम्बन्धी उपकरणहरुको वृद्धि भने एक अंकको मात्र हुने आकलन गरिएको छ।
यस्ता उपकरणहरुको माग घटबढ हुनुमा थुप्रै कुराहरुले भूमिका खेल्छन्।
प्रकाशित: ८ बैशाख २०७८, बुधबार