Technology Khabar ७ बैशाख २०७८, मंगलवार
काठमाडौं ।
सामसङले आफ्नो आगामी फोल्डेबल फोन विभिन्न ८ रंगमा सार्वजनिक गर्ने भएको छ।
आगामी फोल्डेबल फोनमा काम गरिरहेको कम्पनीले यो नयाँ डिभाइसको नाम ग्यालेक्सी जेड फ्लिप रहने बताएको छ।
नेदरल्यान्ड्सको एक स्रोतले बताए अनुसार उक्त फोन ग्रे, सेतो, गाढा नीलो तथा गुलाबी भेरियन्टमा उपलब्ध हुनेछन्। यसबाहेक यस अघि नै प्याजी, हरियो, कालो तथा बिइज रंगमा पनि उक्त डिभाइस उपलब्ध हुने विवरण लीक भइसकेको छ।
सामसङले उक्त डिभाइस विभिन्न ८ रंगमा ल्याउने भने पनि हामीले ती सबै रंगहरुमा रहेका डिभाइस बजारमा नपाउन सक्छाैं।
सामसङले केही अप्शनहरु विशेष परिस्थितिका लागि राख्ने गरेको छ भने सबै बजारमा उस्तै रंग पनि उपलब्ध नहुन सक्ने बुझिएको छ।
यी तथ्यहरुबाट सामसङले ग्यालेक्सी जेड फ्लिप ३ को प्राविधिक तथा आकर्षणका क्षेत्रमा पनि काम गरिरहेकोले यो डिभाइस केही समयमा बजारमा आउने पक्का भएको छ।
प्रकाशित: ७ बैशाख २०७८, मंगलवार