फेसबुकले यसपाली ओक्युलस प्रो हेडसेट नल्याउने

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
फेसबुकले यसपाली ओक्युलस प्रो हेडसेट नल्याउने

काठमाडौं ।

फेसबुकको रियालिटी ल्याब्सका उपाध्यक्ष एन्ड्र्यू बस्वर्थले ओक्यूलस हार्डवयरको भविष्यका बारेमा थप जानकारी दिएका छन्।

ट्विटरको स्पेशेजमा जोन कार्म्याकसँग भएको प्रश्नोत्तरमा बस्वर्थले गत वर्षको क्वेस्ट २ केही समय रहने भएकाले कम्पनीले हेडसेटहरुमा अझ बढी सशक्त रुपमा काम गरिरहेको बताएका छन्।

‘मानिसहरुले अहिले अस्तित्वमै नरहेको क्वेस्ट ३ का बारेमा पनि सोधिरहेका छन्। हामीलाई सुनिरहेकाहरुका लागि क्वेस्ट ३ नआउने र क्वेस्ट २ मात्र आउने जानकारी दिन चाहन्छु’, बस्वर्थले भने, ‘मैले यो वर्षको शुरुवातमा एएमएमा संकेत गरेजस्तै यसपाला हामी थुप्रै कुराहरुको विकासमा लागेकाले क्वेस्ट नआउने भएको हो। हामी हेडसेटमा नयाँ नयाँ फिचरहरु थप्ने विचारमा छाैं। तर यो यसै वर्षभने सम्भव छैन।’

उनले ओक्युलसका बारेमा उत्सुक रहेकाहरुका लागि क्वेस्ट २ छिट्टै बजारमा उपलब्ध हुने जानकारी दिँदै यसमार्फत् उपभोक्ताले भीआरको उत्कृष्ट अनुभव लिनसक्ने पनि बताए।

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार