डोकोमोका लागि एक्सपेरिया टेन३ लाई पहेँलो रंगमा निकाल्दै सोनी

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार

काठमाडौं ।

सोनीले जापानको डोकोमोका लागि आफ्नो एक्सपेरिया टेन३ लाई पूर्णरुपमा पहेँलो रंगमा निकाल्ने भएको छ।

केही समय अघि नयाँ एक्सपेरिया लाइनअप घोषणा गरेको सोनीले जापानको डोकोमोको अनलाइन बजारका लागि एक्सपेरिया टेन३ लाई पूर्णरुपमा पहेँलो रंगमा निकाल्ने भएको हो। जापानको दूरसञ्चार सेवा प्रदायक डोकोमोले सोनीसँग बेलाबेलामा लिमिटेड एडिशन रंगमा उपलब्ध स्मार्टफोनहरुसँग साझेदारी गर्दै आएको छ।

सोनीको उक्त एक्सक्लुसिभ एक्सपेरिया टेन३ कुन मितिमा सार्वजनिक हुन्छ भन्ने केही नबताइए पनि यसलाई रिजर्भ गर्ने अप्शनहरु भने खुलै रहेका छन्।

डोकोमोले उक्त डिभाइस आगामी जुनको आधाआधी वा त्योभन्दा पछाडि सार्वजनिक हुने आकलन गरेको छ। यो मिति सोनीले केही समयअघि आगामी गृष्म ऋतुपछाडि एक्सपेरिया ३ लाइनअप सार्वजनिक गर्ने भनिएको मिति लगलग सँगै हुन पुगेको छ।

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया