रेडमीले यसै महिना आफ्नो गेमिङ्ग सिरिजका फोनहरु सार्वजनिक गर्ने

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
रेडमीले यसै महिना आफ्नो गेमिङ्ग सिरिजका फोनहरु सार्वजनिक गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता शाओमीको सब ब्राण्ड रेडमीले छिटोमा यसै महिनामा आफ्नो गेमिङ्ग सिरिजको नयाँ फोनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

चीनका स्रोतका अनुसार पहिलो फोन सामसङ इ४ एमोलेड स्क्रीनको साथ १२० हर्ट्ज रिफ्रेस रेटको साथ आउनेछ।

रेडमीको गेमिङ्ग फोन डाइमेन्सिटि १२०० चिपसेट द्वारा संचालित हुनेछ भने यो राम्रो मूल्य ट्यागमा आउने बताईएको छ।

रेडमीको पहिलो गेमिङ्ग फोनमा ५००० एमएएचको ब्याट्री प्याकका साथै ६७ वाटको फास्ट चार्जिङ्गका साथ उपलब्ध हुनेछ ।

नयाँ फोनले रेडमीको गेमिङ्ग फोन बजारलाई बढावा दिनेछ भने  यसमा कम्पनीको ब्ल्याक सार्क ब्राण्डको टिमको सहयोग लिईने बताईएको छ ।

गेमिङ्ग फोनको मूल्य चिनियाँ बजारमा १९९९ यूआनबाट शुरु हुने बताईएको छ । जसले गर्दा कम्पनी प्रतिस्पर्धी बजारमा आक्रामकरुपमा अगाडी बढ्ने अनुमान गरिएको छ । एजेन्सीका साथ

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...