
काठमाडौं ।
मोबाइल एप र गेम्स प्लेटफर्म एपलोभिन (AppLovin)ले बिहीबार प्रारम्भिक सार्वजनिक शेयर निष्काशनमा २ अर्ब डलर उठाएको छ जसले अब कम्पनीको बजार मूल्यांकन २८.६ अर्ब डलर पुर्याएको छ।
पालो अल्टो, क्यालिफोर्नियामा आधारित फर्मले विकासकर्ताहरूलाई मार्केट गर्न र उनीहरूको एपहरूलाई मनिटाइज गर्न मद्दतको लागि सफ्टवेयर बनाउँदछ । र यसको २०० भन्दा बढी मोबाइल खेलहरूको आफ्नै पोर्टफोलियो पनि छ। यसको नियामक फाइलिंगका अनुसार एपलोभिनको डेभलपर सफ्टवेयरमा ४१ करोड भन्दा बढी दैनिक सक्रिय उपयोगकर्ताहरू छन्।
तर लगानीकर्ताहरू तुरुन्तै एपलोभिनको बारेमा आकर्षित भएनन्, किनकी कम्पनीले टिकर संकेत ‘एप’ अन्तर्गत व्यापार गर्दैछ। प्रति शेयर ८० डलरमा सूचीबद्ध भएपनि पछि, यसको शेयर घटेर करीब ६५ डलरमा बन्द भयो, यसको बजार पूँजीकरण करिब २३ अर्ब डलरको आसपास रह्यो।
संस्थापक र सीईओ एडम फोर्गीले उनी वर्तमान स्टकको कदम भन्दा कम्पनीको भविष्यमा बढी केन्द्रित रहेको बताएका छन्। एजेन्सीका साथ
प्रकाशित: ६ बैशाख २०७८, सोमबार