मंगल ग्रहमा पहिलो पटक इन्जेनुइटी हेलिकप्टर उडानको परीक्षण गरिँदै

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
मंगल ग्रहमा पहिलो पटक इन्जेनुइटी हेलिकप्टर उडानको परीक्षण गरिँदै

काठमाडौं ।

नासाले मंगल ग्रहमा पुर्याएको सानो हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान गर्न तयार भएको छ । सोमबारका लागि यो सानो हेलिकप्टर पहिलोपटक पृथ्वीभन्दा बाहिरको ग्रहमा उडान गर्न तयार भएको हो।

नासाको मंगलयान पर्सिभेरन्स रोभर भित्र राखेर सो इन्जेनुइटी हेलिकप्टरले मंगलसम्म यात्रा गर्‍यो, जुन २०२१ फेब्रुअरी १८ मा अवतरण भएको थियो। यसको तौल १.८ किलोग्राम मात्र रहेको छ ।

नासाले बताएअनुसार सोमबार १९ अप्रिल अमेरिकी समय अपरान्ह ३ः३० बजे यसको परीक्षण गर्ने लक्ष्य राखिएको छ तर यो सफल हुन नसक्ने कुरा समेत स्वीकार गर्दछ, जसमा उनीहरूले सातापछि पुनः उडानको लागि प्रयास गर्नेछन्।

यसअघि सो ड्रोन हेलिकप्टरलाई मंगल ग्रहमा रातको समयमा परीक्षणको लागि त्यसै छोडिएको थियो । यसले गएको ११ अप्रिलमा नै परीक्षण उडान गर्नुपर्ने थियो तर त्यसबेला हेलिकप्टरको रोटरको डाटामा सानो समस्या देखिएको थियो ।

रातो ग्रहमा उडान गर्नु सोचेजस्तो सहज छैन् । तर पनि इन्जेनुइटीले उडान भरेको खण्डमा जेजेरो क्रेटरमा करिब १० फिटको उचाई लिने अपेक्षा गरिएको छ ।

यो ड्रोन हेलिकप्टर स्वचालितरुपमा उडान भर्न सक्षम रहेको नासाले जनाएको छ ।

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...