ताजा समाचार

सुबिसुले केबलनेटको ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक

सुबिसुले केबलनेटको ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक
Global IME Bank

सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्ड वीथमा लागु हुनेछ ।

कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ १ लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ ।

Sajilo Visa
easy care