एलजीको रोलेबल फोनले पायो एनएफसी सर्टिफिकेशन

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार

काठमाडौं ।

एलजीले यस वर्षको कन्जुमर इलेक्ट्रोनिक्स शो मा इंगित गरेको रोलेबल स्मार्टफोनले एनएफसी सर्टिफिकेशन प्राप्त गरेको छ।

एलएम-आर९१०एन मोडल नम्बर भएको उक्त फोन हाल विकासका क्रममा रहेको बुझिएको छ। एलजीले हाल यसका लागि बजारमा जान आवश्यक लिनुपर्ने विभिन्न प्रमाणपत्र तथा अनुमोदन लिने काम गरिरहेको छ।

सर्टिफिकेटमा जनवरी १५ को मिति उल्लेख गरिएको छ। त्यतिबेला रोलेबल सीईएसमा शोकेस गरिएको र उत्पादनका लागि रोडम्यापमै रहेकोले पनि यो मिति उल्लेख गरिएको हुनसक्छ।

यसमा बीओईले उत्पादन गरेको फ्लेक्सिबल ओएलईडी प्रयोग गरेको बाहेक हार्डवयरका बारेमा अन्य विवरण बाहिर आएको छैन।

यसको एउटा लाइभ भिडियो अनलाइनमा लीक भएको थियो। एजेन्सीका साथ

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया