जनरल मोटर्स र एलजी केमले संयुक्त रुपमा ब्याट्री फ्याक्ट्रीको घोषणा गर्ने

  • Technology Khabar | ४ बैशाख २०७८, शनिबार
जनरल मोटर्स र एलजी केमले संयुक्त रुपमा ब्याट्री फ्याक्ट्रीको घोषणा गर्ने

काठमाडौं ।

जनरल मोटर्स र एलजी केमले संयुक्त रुपमा ब्याट्री फ्याक्ट्रीको घोषणा गर्ने भएका छन्। स्प्रिङ हिल्समा रहेको २ अर्ब ३० करोड डलरको उक्त फ्याक्ट्री यी दुई कम्पनीले साझेदारीमा सञ्चालनमा ल्याउन लागेका बुझिएको छ।

निक्केइ, रोयटर्स तथा एपीमा आएका रिपोर्टहरुका अनुसार यो अमेरिकी र दक्षिण कोरियाली कम्पनीको साझेदारीमा अमेरिकामा बनेको ब्याट्री फ्याक्ट्री देशकै दोस्रो ठूलो भएको बुझिएको छ।

यी दुई कम्पनीले साझेदारीमा यति रकमको ब्याट्री फ्याक्ट्री सञ्चालनमा ल्याउने घोषणा सन् २०१९ मा ओहायोको लर्डसटाउनमा गरेका थिए।

रोयटर्सका अनुसार उक्त कम्पनीको ब्याट्री क्याडिलाक लिरिक विद्युतीय एसयूभी गाडीमा प्रयोग गरिनेछ। जनलर मोटर्सले लिरिक गाडीमा आफ्नै कम्पनीको अल्टियम प्रविधिको ब्याट्री प्रयोग हुने बताएको थियो।

यी अल्टियम ब्याट्रीले एसयूभीमा ५० देखि २०० किलोवाटसम्मको शक्ति उत्पादन गर्ने र त्यसले उक्त गाडीलाई ४०० माइलभन्दा बढीसम्म चलाउन सकिने बताइएको छ।

क्याडिलाक लिरिक विद्युतीय एसयूभी अर्को वर्षदेखि स्प्रिङ हिलको प्लान्टमा एसेम्बल गरिने कम्पनीले जनाएको छ।

जनलर मोटर्स कम्बुसन इन्जिन भएको गाडी बनाउने उत्तर अमेरिकाकै सबैभन्दा ठूलो उत्पादक हो। अब सन् २०३० सम्ममा कार्बन तटस्थ कम्पनी बन्नका लागि उसले विद्युतीय सवारीमा जोड गर्नुपर्ने भएको छ।

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...