
काठमाडौं ।
एप्पलले छिट्टै एयरपड३ तथा एप्पल पेन्सिल३ सार्वजनिक गर्ने भएको छ।
चिनियाँ सामाजिक सञ्जाल वेबोमा आएका विभिन्न चर्चा परिचर्चा अनुसार यी दुई डिभाइसहरु कम्पनीले निकट भविष्यमै बजारमा ल्याउने भएको हो।
आगामी अप्रिल २० तारिखका लागि तय भएको कम्पनीको स्प्रिङ लोडेड इभेन्टमा मिनि एलईडी डिस्प्ले भएकव १२.९ इन्चको एप्पल आईप्याड प्रोको साथमा एप्पल पेन्सिल पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यस्तै एयरपड३ भने त्यही इभेन्टमा सार्वजनिक हुन्छ या हुँदैन भन्ने यकिन छैन तर यसका नयाँ फोटोहरु भने बाहिरिएका छन्।

यो एयर बड झट्ट हेर्दा हाल चलिरहेको एयर पड प्रो जस्तै देखिन्छ तर यसको टुप्पोमा सिलिकन लगाइएको छैन। यसको केस बट्टा भने एयर पड प्रो जस्तै देखिने तर यो एयर पड२ को भन्दा केहि चाैडा भने रहेको छ।
प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार