फिशिङ्ग स्क्याम वा फिशिङ्ग हमलाबाट कसरी बच्ने ? यस्तो छ दूरसञ्चार प्राधिकरणको सुझाब

  • Technology Khabar | ३ बैशाख २०७८, शुक्रबार
फिशिङ्ग स्क्याम वा फिशिङ्ग हमलाबाट कसरी बच्ने ? यस्तो छ दूरसञ्चार प्राधिकरणको सुझाब

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाअन्तरगत फिशिङ्ग स्क्यामबाट बच्नका लागि अनुरोध गरेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकायले हालै फिशिङ्ग स्क्यामबाट बच्ने उपायहरुसमेत जानकारी दिएकोछ।

प्राधिकरणले फिशिङ्ग स्क्याम वा फिशिङ्ग हमला के हो भन्ने स्पष्ट पार्दै त्यसबाट बच्न सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणकाअनुसार फिशिङ्ग स्क्याममार्फत इन्टरनेट प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारीहरु चोरी गर्नसक्ने संभावना हुने हुँदा सर्तक हुन अनुरोध गरेको छ ।

त्यसैगरि फिशिङ्ग स्क्याम वा फिशिङ्ग हमलाबाट बच्न कसरी सकिन्छ भनेर सुझाबहरु समेत दिएको छ ।

जसमा शंकास्पद ईमेलहरु नखोल्न, आफ्ना कुनै व्यक्तिगत बिबरणहरु जानकारी नदिन र उपहार चिठ्ठा परेका जस्ता ईमेलहरुलाई सम्बोधन नगर्न आग्रह गरेको छ ।

Advisory-on-Phishing-Attack

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार