फेसबुकद्धारा भारतमा नवीकरणीय उर्जा सम्झौतामा हस्ताक्षर

  • Technology Khabar | २ बैशाख २०७८, बिहीबार
फेसबुकद्धारा भारतमा नवीकरणीय उर्जा सम्झौतामा हस्ताक्षर

काठमाडौं ।

फेसबुकले एक स्थानीय फर्मको वायु ऊर्जा परियोजनाबाट भारतमा नवीकरणीय उर्जा किन्नको लागि एउटा सम्झौतामा हस्ताक्षर गरेको छ ।

दक्षिण एसियाली मुलुकमा सोशल मिडिया कम्पनीले पहिलोपटक यस्तो किसिमको सम्झौता गरेको कम्पनीले बिहीबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

‘भारतको दक्षिणी कर्नाटक राज्यमा अवस्थित ३२ मेगावाटको स्वच्छ वायु ऊर्जा परियोजना हावा र सौर्य परियोजनाको ठूलो पोर्टफोलियोको हिस्सा हो । जसलाई फेसबुक र मुम्बईमा रहेको क्लीनम्याक्स कम्पनीले भारतको विद्युतीय ग्रिडमा नवीकरणीय बिजुली आपूर्ति गर्न सँगै मिलेर काम गरिरहेका छन्,’ उनीहरूले संयुक्त विज्ञप्तिमा भने।

क्लीनम्याक्सले यी आयोजनाहरूको स्वामित्व लिने र संचालन गर्नेछ, जबकि फेसबुकले वातावरणीय योगदान प्रमाणपत्रहरू वा कार्बन क्रेडिटहरूको प्रयोग गरेर सो ग्रिडबाट बिजुली किन्ने कम्पनीले बताएको छ ।

सो परियोजनाको आधा उर्जा शक्ति अहिले नै उत्पादन भईरहेको बताईएको छ । यस्तै परियोजनामार्फत स्वच्छ वायु ऊर्जाका लागि फेसबुकले सिंगापुरका कम्पनीहरुसँग सम्झौता गरेको छ।

फेसबुकले सन् २०२० सम्ममा नविकरणीय उर्जाहरुमार्फत आफ्ना सेवा तथा कार्यालयहरु सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

भारत प्रयोगकर्ताको आधारमा फेसबुकको लागि सबैभन्दा ठूलो बजार हो ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार