क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लेटफर्म क्वाइनबेसको बजार मूल्य ८६ अर्ब डलर

  • Technology Khabar | २ बैशाख २०७८, बिहीबार
क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लेटफर्म क्वाइनबेसको बजार मूल्य ८६ अर्ब डलर

काठमाडौं ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लेटफर्म क्वाइनबेस ग्लोबल इंकको बुधबार नास्डाकमा लिस्टिङको अन्त्यमा ८६अर्ब डलरको मूल्याङ्कन गरिएको छ। यसअघि कारोबारको शुरुभएको दिनयसको मूल्यांकन ११२ अर्ब डलर पुगेको थियो।

नास्डाकमा लिस्टिङ हुँदा क्रिप्टोकरेन्सी कारोबार गर्ने फर्मको सुरुवाती मूल्य ३८१ डलर तोकिएको थियो। क्वाइनबेसको शेयर बजार प्रत्यक्ष लिस्टिङको माध्यम बाट गरिएको थियो जहाँ कुनै शेयर खोल्नु अगाडि बेचिँदैन् । यसको मूल्याङ्कनले बिटक्वाइन र अन्य डिजिटल सम्पत्तिको विकासमा अर्को कोशेढुङ्गगा अंकित गर्दछ।

क्वाइनबेसको रेफरेन्स शेयर मूल्य प्रति शेयर २५० मा करिब ५२.४ प्रतिशत बढेर ३८१ डलरमा खोलियो । जसले कम्पनीको कुल बजार मूल्य ८५.७८ अर्ब डलर पुर्याएको छ ।

सन् २०१२ मा स्थापना भएको अमेरिकाको क्यालिफोर्नियामा अवस्थित क्वाइनबेसको एकसयभन्दा धेरै देशमा ५ करोड ६० लाख प्रयोगकर्ता भएको रहेका छन् ।

कम्पनीको प्लेटफर्ममा हाल २ खर्ब २३ अर्ब बराबरको सम्पत्ति रहेको छ ।

गत सेप्टेम्बरमा क्वाइनबेसको मूल्य ६ अर्ब डलर भन्दा कम तोकिएको थियो तर पछिल्ला दिनहरुमा क्रिप्टोकरेन्सी कारोबारमा भएको उच्च वृद्धिले यसको बजार समेत बढाएको हो ।

क्वाइनबेसको शेयर लिस्टिङसँगै क्वाइनबेसका सहसंस्थापक तथा सिइओ ब्रायन आर्मस्ट्रङ विश्वकै धनाढ्यको सूचीमा समेत परेका छन्। ३८ वर्षिय सफ्टवेयर इन्जिनियर ब्रायनको कम्पनीमा २१ प्रतिशत शेयर रहेको छ। एजेन्सीका साथ

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...