एलजीले निकाल्यो एन्ड्रोइड अपडेट हुने स्मार्टफोनको सूची, कुन कुन परे?

Technology Khabar १ बैशाख २०७८, बुधबार

काठमाडौं ।

हालै आधिकारिक रुपमा आफ्नो स्मार्टफोन व्यवसाय बन्द गर्ने घोषणा गरेको दक्षिण कोरियाली कम्पनी एलजीले अपरेटिङ सिस्टम अपडेट हुने आफ्ना एन्ड्रोइड डिभाइसहरुको सूची जारी गरेको छ।

अब यो सूचीमा परेका मोडल भएका एलजी स्मार्टफोन यूजरहरुले आफ्ना डिभाइसहरुलाई उपलब्धता अनुसार एन्ड्रोइडको ११, १२ र १३ भर्जनमा अपडेट गर्न सक्नेछन्।

केही दिनअघि एलजीले आफ्नो स्मार्टफोन व्यवसाय बन्द भए पनि आगामी ३ वर्षसम्म योजनाअनुरुप अपरेटिङ सिस्टम अपडेट भइरहने आधिकारिक घोषणा गरेको थियो। उक्त घोषणाले विश्वभरमा एलजीका विभिन्न स्मार्टफोन चलाइरहेका र कम्पनीद्वारा व्यवसाय बन्दको घोषणा सुनेर अन्योलमा परेका करोडाैं प्रयोगकर्तालाई राहत दिएको थियो।

अपडेट हुने मोडलहरुको जानकारी कम्पनीले आफ्नो जर्मन तथा दक्षिण कोरियाली वेबसाइटमा सार्वजनिक गरेको थियो।

यस्तो छ सूची:

एलजी विङ्गएलजी भेल्भेटएलजी भेल्भेट एलटीईएलजी भी५०एसएलजी भी५०एलजी जी८
एलजी क्यू३१एलजी क्यू५१एलजी क्यू५२एलजी क्यू६१एलजी क्यू७०एलजी क्यू९२
एलजी क्यू९ वनएलजी जी८एक्सएलजी जी८एसएलजी के५२एलजी के४२

आफ्नो फोनमा ओएस अपडेट छ कि छैन भन्ने थाहा पाउन फोनको सेटिङ्समा रहेको   ‘एबाउट फोन’ मा जानु पर्छ। यसमा नयाँ अपडेट उपलब्ध भएको देखाएमा त्यसबाटै अपडेट गर्न सकिन्छ।

प्रकाशित: १ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया