
काठमाडौं ।
नेपालमा हालसम्म मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार रकम ४० अर्बभन्दा माथि रहेको छ।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार चैत महिनाको शुरुवातसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड ८२ हजार ६५५ पुगेको छ।
यो संख्या एक महिना अघि अर्थात् फागुनको शुरुवातको तुलनामा ४ लाख १० हजार १७७ ले बढी हो। फागुनको शुरुवातसम्ममा यो संख्या ९६ लाख ७२ हजार ४७८ थियो।
कारोबार संख्या बढेसँगै कारोबार रकम पनि स्वाभाविक रुपमा बढेको हो।
फागुनको शुरुवातसम्ममा मोबाइल बैंकिङमार्फत् ३८ अर्ब ५९ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा चैतको शुरुवातसम्ममा यो रकम बढेर ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ पुगेको छ। यो रकम फागुनको शुरुवातको भन्दा १ अर्ब ७६ करोड १० लाख रुपैयाँले बढी हो।
प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार