गलत किसिमले एप्पलको लोगो छापिएको आईफोन ३ लाख २४ हजार रुपैयाँमा बिक्री

  • Technology Khabar | ३० चैत्र २०७७, सोमबार
गलत किसिमले एप्पलको लोगो छापिएको आईफोन ३ लाख २४ हजार रुपैयाँमा बिक्री

काठमाडौं ।

एप्पल आफ्नो आईफोनका लागि विश्वभर प्रसिद्ध छ। एप्पलका उत्पादनहरु विशेषगरि आईफोन आफ्नो लुक, डिजाइन, सुविधाहरू र निर्मित क्वालिटीका लागि परिचित छ।

कम्पनीले आफ्नो क्यामरा प्लेसमेन्ट, भोल्युम बटनहरू, स्पिकर ग्रिल र एप्पल लोगो कहिल्यै परिवर्तन गरेको छैन। यस्तो अवस्थामा हालसालै एउटा केस आएको छ जसमा एप्पल आईफोनको लोगो ठिक बिच नभई केहि साइडमा देखिएको छ।

एप्पल आईफोन ११ प्रोको लोगो छापिँदा त्यहाँ एक प्राविधिक गल्ती भएको थियो, जसको कारण बीचमा छापिने एप्पलको लोगो थोरै साइडमा छापिएको थियो।

अझ नयाँ स्मार्टफोन किन्दा केही सानो पार्ट बिग्रिएको रहेछ भने हामी त्यसलाई फिर्ता गरेर अर्को डिभाइस माग गर्दछौं। तर, सोही प्रिन्ट लोगो बिग्रिएको आइफोन भने हजारौँ अमेरिकी डलरमा बिक्री भएको छ।

एप्पलको लोगोलाई गलत तरिकाले छापिएको आईफोन ११ प्रो २ हजार ७ सय अमेरिकी डलर अर्थात ३ लाख २४ हजार रुपैयाँमा बिक्री भएको छ।

गत शुक्रबार ‘इन्टरनल आर्काइभ’ नामक ट्विटर एकाउन्टले एप्पलको सो आईफोनको बारेमा जानकारी सार्वजनिक गरेको थियो।

एप्पल इन्साइडरको रिपोर्टकाअनुसार सो आईफोन ११ प्रोमा एप्पलको लोगो पुरानो ठाउँमा भन्दा अलिकति साइडमा परेको छ। उपकरणमा लोगो प्रिन्ट गर्नुअघि मेसिनमा प्यानल राम्रोसँग नराखिएको कारण निर्माण उत्पादनमा यस्तो त्रुटी हुने गर्छ।

आइफोनमा एप्पलको लोगो बिग्रिएर आउनु निकै बिरलै घटना रहेको ‘इन्टरनल आर्काइभ’ ले बताएको छ। यस्तो गल्ती दश करोड उपकरणमध्ये एउटामा मात्रै हुने वा दुर्लभ हुने गर्दछ ।

एप्पलले आफ्ना उत्पादन बजारमा पठाउनु अघि गुणस्तर जाँचको कठोर प्रक्रिया पुरा गरिरहेको हुन्छ।

गलत तरिकाले लोगो छापिएको आईफोन ११ प्रो कहिले र कसरी दुई हजार सात सय अमेरिकी डलरमा बिक्री भयो भनेर स्पष्ट छैन्।

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...