कुमारी बैंकको क्यूआर कोड भुक्तानी सेवा शान्तिनगर स्थित तरकारी तथा फलफूल बजारमा

  • Technology Khabar | ३० चैत्र २०७७, सोमबार
कुमारी बैंकको क्यूआर कोड भुक्तानी सेवा शान्तिनगर स्थित तरकारी तथा फलफूल बजारमा

काठमाडौं ।

कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा र पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले उक्त क्यूआर कोड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरे ।

कुमारी बैंकले नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरु रहेकाले यो सेवा उपयोगी हुने बताए । उनले व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्ने तथा खुद्रा पैसा बोक्नु पर्ने झन्झटबाट पनि मुक्त हुने बताए।

क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...