अमेरिकाद्धारा सातवटा चिनियाँ सुपरकम्प्युटर समूह कालोसूचीमा

  • Technology Khabar | २८ चैत्र २०७७, शनिबार
अमेरिकाद्धारा सातवटा चिनियाँ सुपरकम्प्युटर समूह कालोसूचीमा

काठमाडौं ।

अमेरिकाले सातवटा चिनियाँ समूहलाई कालोसूचीमा राखेको छ जसले आफ्नो सेनालाई सहयोग पुर्‍याउन सुपरकम्प्युटर निर्माण गरेको आरोप लगाएको छ।

बाइडेन प्रशासनले चीनलाई अमेरिकी प्रविधि प्राप्त गर्न गाह्रो बनाउनको लागि यो पहिलो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।

बिहीबार, तीन कम्पनीहरु र चीनको नेशनल सुपरकम्प्युटिङ्ग सेन्टरका चार शाखाहरु युएस कालोसूचीमा थपियो। यसले अमेरिकी कम्पनीहरूलाई उचित अनुमोदन बिना ती ग्रुपहरुलाई टेक्नोलोजी निर्यात गर्न रोक्छ।

अमेरिकी वाणिज्य विभागले बताएअनुसार यी समूहहरू चिनियाँ सेनाले प्रयोग गर्ने सुपर कम्प्युटरहरू निर्माण गर्न र सामूहिक विनाशका हतियारहरू विकास गर्ने कार्यक्रमहरू सहज पार्न प्रयोगमा संलग्न रहेको बताएका छन्।

प्रतिबन्धित समूहहरू चीनको सुपर कम्प्युटिङ्ग विकासको नेतृत्व गरिरहेका छन् र स्वदेशी चिप आत्मनिर्भरताको लागि बेइजिङ्गको योजनाका प्रमुख खेलाडीहरू हुन्।

अमेरिकी वाणिज्य सचिव जीना राइमन्डोले भनिन् ‘बिडेन प्रशासनले यी सैनिक आधुनिकीकरणको प्रयासलाई रोक्न चीनलाई अमेरिकी एडभान्स टेक्नोलोजी उपयोग गर्नबाट रोक्नका लागि आफ्ना अधिकारहरुको पूर्ण हद उपयोग गर्ने छ।’

बाइडेनको बिहीबारको कदमपछि अब ती सातवटा चिनियाँ समूहले इंटेल र अन्य यू एस चिपमेकरले डिजाइन गरेका चिप इन्फ्रास्ट्रक्चर सहित अमेरिकी टेक्नोलोजी पहुँच गर्न इजाजतपत्र लिन आवश्यक पर्नेछ।

कालोसूचीले अमेरिकामा आधारित कम्पनीहरूलाई मात्र चिनियाँ कम्पनीहरूलाई सेवा र उत्पादनहरू प्रदान गर्न प्रतिबन्ध लगाएको छ, यसले अमेरिका बाहिरका सुविधाहरूमा उत्पादन हुने कुरामा प्रतिबन्ध लगाउँदैन।

प्रकाशित: २८ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार